बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनिया बजारमा शनिबार बिहान बृहत सरसफाइ गरिएको छ । सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ, भन्ने मुल नाराका साथ सरसफाइ गरिएको हो ।
बर्दगोरियामा विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय जुनकीरी नेपालको आयोजना र बर्दगोरिया गाउँपालिकाको कार्यलाई ,तथा पालिकाको वडा नम्बर १ र २ को समन्वयमा बौनिया बजारमा बृहत सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, कार्यपालिका सदस्य मिरा आलेमगर ,सरस्वती विक, जुनकीरी नेपालका सदस्य र इलाका प्रहरी कार्यालय बौनियाको टोलि सहभागी थियो ।
पालिकालाई सुनदर र सफाइ राख्न यश प्रकारको जनचेतना मुलक कार्यक्रम गरिएको जनाइएको छ । समाजमा फैलिने अधिकाङ्स रोगहरु व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावले हुनेहुदा यसप्रति सचेतना जगाउन कार्यक्रम गरिएको हो ।