बर्दगोरिया । हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी शुभ दिपावली तथा छट पर्वको अबसरमा बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समितिका अध्यक्ष अमर बहादुर बमको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवरले सम्पुर्ण पालिकाबासी तथा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीमा बडा दशै, दिपाबली र छठ पर्बको शुभकामना दिदै पालिकाको समग्र विकासमा कुनै कमी नराख्ने बताउनु भयो । उहाँले पालिकाको थप विकास र समृद्धिको लागि हामी सबैबिच हातेमालो गरेर अगाडि हिडनु पर्ने बताउनुभयो । सो क्रममा उहाँले बौनिया बजारमा मुख्य समस्याका रूपमा देखिएको ढल व्यवस्थापनको काम यही दशै पछि शुरु गर्ने बताए ।
कार्यक्रममा, विशिस्ट अथिती पालिका उपाध्यक्ष गणेश राज गिरिले बिजयादशमीले सबैमा खुशी ल्याउन सकोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । उहाँले यहाँका नागरिकले तिरेको कर यहीको विकास र निर्माणका निम्ति हुने भएकाले सबै नागरिक ,व्यापारीले समयमै कर तिर्नुपर्ने र दर्ता बिना संचालनमा आएका व्यापार व्यवसाय दर्ता गरि संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य,
नेकपा एमाले बर्दगोरियाका सचीव देवेन्द्र शाही,नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सभापति कृष्ण विष्ट, नेकपा माओवादी केन्द्रका रुपक सुनार ,राष्ट्रिय प्रजातन्त्र पार्टीका मित्र बहादुर घर्ती ,राष्ट्रिय जनमोर्चाकि रुपा आले मगर ,नागरिक उन्मुक्ति पार्टीका दान बहादुर बम,दोदोधरा अस्पतालका इन्चार्ज कैलास कुमार रावत, वसन्त मुरारी नमूना माविका प्रअ भुवन बम, दोदोधरा रेडक्रस उपसभापति लक्ष्मी जैशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अरुको देखासिखि भन्दापनी आफ्नो क्षमता र हैसियत अनुसार मात्रै खर्च गरि चाडपर्व मनाउनुपर्नेमा जोड दिए । साथै उनीहरूले बौनिया बजारमा देखिएको पार्किङ्को समस्या ,ढल निकासको समस्या जस्ता कुरामा स्थानीय सरकारको हिसाबले पालिकाले मुख्य ध्यान दिनुपर्ने बताए ।
बौनिया बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष देवराज स्वारको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बजार व्यवस्थापन समितिका महासचिव धिरज शाहीले गरेका थिए ।