बर्दगोरिया । नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचिब देवेन्द्र शाहीले बर्दगोरिया २ मा सञ्चालनमा रहेको असाहयका लागि सहयोगी हातहरु नेपालको साहारा घरलाई आर्थिक सहयोग गर्नुभएको छ ।
शनिबार साहारा घरको प्राङ्गणमा पुरी उहाँले आफ्नो दशै खर्च कटायर साहारा घरका संचालक बल बहादुर विष्टलाई आर्थिक रकम हस्तान्तरण गर्नुभएको हो । बर्दगोरिया वडा नम्बर १ निवाशी शाही एक समाजसेवी समेत हुन । साहारा घरलाई आर्थिक सहयोग गर्दै शाहीले व्यसाहाराको सहारा बन्नु हामी सबैको मानव धर्म भएको बताउनुभयो । उहाँले आगामी दिनमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।उहाँले असाहयको निम्ति मानव सेवा र धर्म सबभन्दा ठूलो भएको बताउदै सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग गरेको बताउनुभयो ।
सहयोग रकम बुझ्दै साहारा घरका संचालन बल बहादुर बिष्टले असाहय घरबारबिहीन र सडक जीवनयापन गरिरहेकाहरुलाई साहारा दिइरहेको साहारा घरलाई आफ्नो क्षमता ,स्वविबेकले मानव धर्म तथा मानवसेवा उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँले दशैको पुर्वसन्ध्यामा प्राप्त आर्थिक सहयोगले दशैमा एक छाक भएनी मीठो खान पाइने आशा पलाएको बताए । हाल साहारा घरमा १२० जना बढी छ्न ।