दीपेन्द्र हमाल, कोहलपुर ब्यूरो । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।
आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई साढे १ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।
आयोग स्रोतका अनुसार उनीहरूको नाम सिस्टममै ब्लक गरिएको छ । जसअन्तर्गत स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने कैलालीको बर्दगोरिया गाउँपालिकाका ७ जना वडा अध्यक्षका उम्मेदवारसहित ३९ जना सदस्य कालोसूचीमा परेका छ्न ।
उनीहरू स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरु हुन । आयोगले तोकेको जरिवाना तिरेपछि भने उनीहरूले उम्मेदवारी दिन सक्नेछन् । खर्च विवरण नबुझाएका केही आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै इन्ट्री हुने छैन ।
यसैगरी आगामी ६ बर्षसम्म पनि कुनै तहमा उम्मेदवारी ती व्यक्तिले दिन नपाउने गरि कारबाही गर्ने आयोगको तयारी छ । यी हुन खर्च विवरण नबुझाउनेहरु 08. Gaupalika_ward (2)