बर्दगोरिया । नेकपा एमाले कैलालीका पुर्व जिल्ला कमिटी सदस्य भिम बहादुर कुवरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका लागि कुवरले निर्वाचन अधिकृतको कार्यालय लम्कीमा मनोनयन दर्ता गरेका हुन्। मंसिर ४ गते हुने चुनावमा कैलाली–२ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षाका लागि आफुले चुनाव लड्ने उनले बताए। कुवर लामो समयदेखि एमालेलाई समृद्धि र सुदृढीकरणका लागि क्रीयाशील नेता हुन ।
उनले यस क्षेत्रमा पाटीका लागि गरेको याेगदानकाे मुल्यांकन नहुनु,यस क्षेत्रकाे विकास र समृद्धिमा समेत विभेद गरिदै आएको परिपाटीकाे अन्त्यको लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।