बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका आयोजित गठबन्धनका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शाहले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निस्वार्थपुर्ण निर्वाचित गराउन नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई निर्देश दिएका छन ।
सोमवार बर्दगोरिया गाउँपालिकामा आयोजित बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाहले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहले अहिलेको चुनावी लडाइँ बाध्यात्मक रहेको बताउदै नेपाली काङ्ग्रेसका क्रियाशील नेता कार्यकर्ताले जुनसुकै अवस्थामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।
उनले भने – हिजो के भयो ? त्यसमा कसैले पनि मनमुटाव नराखी पार्टीको निर्देशन र अहिले देशको अवस्थालाई मुल्यांकन गर्दै कुनै पार्टी वा त्यस्को चुनाव चिन्नमा संकोच नगरी बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन र बाम लोकतान्त्रिक गठबन्धनको मेरुदण्डको रुपमा काम गर्न पार्टीका अगुवा नेता कार्यकर्तालाई निर्देश दिएका हुन ।
पहिले पनि देशको राजनीतिलाई नयाँ बाटो देखाउदै देश र देशका जनताको निकासका निम्ति नेपाली काङ्ग्रेस र नेकपा माओवादीले काधमा काध राखी अगाडि बढेको कुरा स्मरण गराउदै अहिले पनि देशको संविधान रक्षा, आर्थिक क्रान्तिका निम्ति नेपाली काङ्ग्रेसले बाम गठबन्धन सहित देशको नेतृत्व समाल्नको निम्ति लागि परेकोले यसमा कुनै संकोच नमानी गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गाराउन लाग्नु पर्ने बताए ।
उनले भने- अहिले केहि व्यक्तिहरु पार्टीको नीति निर्देशन, देशको आवस्यकता लाई ख्याल नगरी स्वार्थ पुर्ण व्यवहार देखाउदै पार्टी प्रती विभिन्न प्रकारका लान्छना लगाउदै स्वतन्त्र उम्मेदवार दिएका छन । त्यस्ता व्यक्ति पार्टी र संगठन भनेको के हो ? भन्ने कुराको स्मरण गराउन पनि आजको आवश्यकता रहेको बताए ।