कोइलीभुरुवा,बर्दगोरिया । बेरोजगारीको समस्या मध्यनजर गर्दै कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा मोटरसाइकल मर्मत तालिम संचालन गरिएको छ । व्यवसायीक तथा सीप विकास तालिम केन्द्र धनगढी र बर्दगोरिया गाउँपालिका, वडा नम्बर ५ को सहकार्यमा तीन महिने तालिम सुरु भएको हो ।
तालिमको सोमबार बर्दगोरिया गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष भोलेराम चौधरीले उद्घाटन गरेका छ्न । तालिमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष चौधरीले बेरोजगार युवाहरूको सीप विकास गरि दक्ष जनशक्ति उत्पादन गर्नमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले तालिमले बेरोजगार युवाहरुको समस्या समाधान गरि आयआर्ज र रोजगार प्रवर्द्धनमा सहयोग पुर्याउने हेतुले संचालन गरिएको बताए । तालिमले बेरोजगारीको समस्या समाधानका साथै गरिबी न्यूनीकरणमा समेत सहयोग पुर्याउने उनले बताए ।
तालिममा २० जना युवाहरूको सहभागीता रहेको छ ।