बौनिया । विगतका वर्षझै यसपटक पनि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चकाको आयोजनामा पुष २८ गते देखि माघ २ गते सम्म मेला संचालन हुने भएको हो । माघी मेलामा यसपटक स्थानिय कलाकारलाई पहिलो प्राथमिकता र राष्ट्रिय कलाकारका साथै भारतीय कलाकार र भजन किर्तन प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो ।
बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेला आयोजना गरिएको मञ्चका अध्यक्ष रामनारायण थारुले जानकारी दिए । यहाँ माघीमा परापुर्ब काल देखि नै ठुलो मेला लाग्ने गरेको छ । उनले भने‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघि मेलामा कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’
माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”