बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हाईमास्ट लाइट जडानको काम शुरु भएको छ । बर्दगोरियालाई उज्यालो पालिका बनाउने उदेश्यसहित हाईमास्ट लाइट जडानको काम शुरु भएको हो ।
पालिका अध्यक्ष कर्ण बहादुर कुवरको पहलमा बर्दगोरियाका मुख्य बजार क्षेत्रका तीन वटा स्थानमा हाईमास्ट लाइट जडानको काम थालिएको पालिका अध्यक्ष कुवरले बताउनुभयो । उहाँकाअनुसार बर्दगोरियाको मुख्य बजार बौनिया चोक, दोधरा जाने बाटो र वडा नम्बर ४ को मुडा बजार चोकमा हाईमास्ट लाइट जडान हुनेछन् । शुक्रबार बौनिया बजार चोकमा हाईमास्ट लाइट जडान गरिएको छ ।
बर्दगोरियालाई उज्यालो पालिका बनाउने उदेश्यसहित यो काम थालिएको अध्यक्ष कुवरले बताउनुभयो । हाइमास्ट लाइट जडानले सडक दुर्घटना ,चोरी तस्करी लगाएतका घटना न्यूनीकरणमा सहयोग गर्नेछ । सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो बर्दगोरियाको’ अभियान सुरू भएको हो अध्यक्ष कुवरले बताउनुभयो । उहाँले आफुले चुनावको बेला जनताको माझमा प्रतिबद्धता गरेका सबै बाचाहरु एकपछि अर्को गर्दै पुरागर्ने समेत बताउनुभयो ।
यसअघि पनि अध्यक्ष कुवरकै निर्देशनमा वडा नम्बर ३ स्थित काडा नदि जाने बाटो क्षेत्रमा पनि सडक बत्ती जडान गरिएको थियो । पालिकाका मुख्य सडक क्षेत्रमा हाइमास्ट लाइट जडानको काम शुरु भएपछि स्थानीय ब्यापारी खुशी भएका छ्न ।