बर्दगोरिया । बौनिया जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ। आइतबार बौनियामा सम्पन्न १०औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा जेसीज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाले वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीलाई पदभार हस्तान्तरण गरेकी हुन्।
शाही गत पुस १५ गते सम्मपन्न बौनिया जेसीजको ११ औ अधिवेशनबाट सर्वसम्वत चयन भएका थिए । शाहीसँगै कार्यकारी उपाध्यक्ष जेसी वीर बहादुर विष्ट ,जेसी एकेन्द्र कुँवर, उपाध्यक्षमा जेसी डम्बर बहादुर बुढा, जेसी बिकास गौतम, जेसी गोबिन्द डाङ्गी र प्रेम सुनारले पनि पदभार ग्रहण गरेका छ्न ।
यस्तै, शाहीले कार्यसमितिलाई पूणर्तासमेत दिएका छ्न । जसमा
महासचिव जगत बहादुर शाही, कानुनी सल्लाहकार देवानन्द जैशी , कोषाध्यक्ष नवीन कुवरलाइ मनोनीत भएका छ्न ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले जेसीज सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा रहेको बताउदै आगामी दिनहरुमा थप परिस्कृत भएर काम गर्नु पर्ने बताए।
जेसीज नेतृत्व मात्रै नभई युवाहरुको अनुसासन भएकाले युवाहरु एकजुट भएर अगाडि बढ्न सके समाजलाई सकारात्मकतातर्फ रुपातन्तरण गर्नमा टेवा पुग्ने बताए ।
पदभार ग्रहणमा कार्यक्रममा बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष जेसि भुमि प्रकाश बम , वर्ष २०१५ का अध्यक्ष गणेश भट्ट, २०१७ का अध्यक्ष जेसी कृष्ण विष्ट, २०१८ का अध्यक्ष जेसी जनक विष्ट ,बौनिया जेसीजको मात्री शाखा टीकापुर जेसिज २०२२ का अध्यक्ष टोप प्रकाश बि क, लम्की जेसीज २०२२ का अध्यक्ष नेत्र न्यौपाने , सुखड जेसीजका संस्थापक अध्यक्ष लाल बहादुर शाही, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, नेपाल रेडक्रस दोदोधरा उपशाखा सभापति लक्ष्मी राज जोशी लगायत बिधालयका प्र अ तथा शिक्षकहरुको उपस्थिति थियो ।