बर्दगोरिया । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज बिहिवार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।
यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।
यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । आजको दिनलाई शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।
ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।
सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।
विद्याकी खानी देवी मानिने सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हारको जस्तो श्वेत वर्णको देखिने श्वेत वस्त्र धारण गर्ने र हातमा वीणा(दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्छिन उनी देबी सरस्वती माता हुन्।
वसन्त सुरु भएको पाँचौ दिन अर्थात पञ्चमीको दिनलाई वसन्त पञ्चमी भनिन्छ र माघ शुक्ल पञ्चमीदेखि संगीत, साहित्य, कलाहरु अवगाहन गर्नसुरु गर्छन ।
वसन्त पञ्चमी शुभ र मंगल हुन्छ किनकि वसन्त साहित्य कला विद्द्याको भण्डार सर्वोत्तम प्राण केन्द्र वसन्त हो। वसन्तले दुःखलाई धकेलेर एउटा गहन प्रकृतिक दिने जीवन र कलालाई जोड्ने प्रतीक सरस्वतीको श्वेत वर्ण मोक्ष र सात्विकताको हुन्।
उनको एउटा हातमा वीणा र अर्को हातमा पुस्तक हुन्छ हातमा वीणा लिएको हुन्छिन त्यसैले ज्ञान ,कला, विद्द्यको खानी मानिने देबी सरस्वतीको एउटा अर्थ यो पनि छ आफ्नो सम्पूर्ण अस्तित्वको सृजनात्मक राग हुन्छ।
आदिम ऊष्मामय रागलाई गाउँदै हामीले सौन्दर्यको अनुभत गर्न पाउने वरदान सरस्वती मतले दिएकि हुन्छिन। सरस्वतीको नाम नै वसन्त स्वरुप नै वसन्त यो वसन्त ऋतु प्राचीन कालदेखि मानिसलाई आकर्षित गर्दै आएको ज्ञानको देवी सरस्वती जुन प्राणीको हृदयलाई सरस निर्मल पानि जस्तो पवित्र र स्वच्छ बनाईदिन्छीन् ।
यस दिनमा हरेक शैक्षिक र कला क्षेत्रमा हुनेहरु र विद्द्यार्थी हरुले सरस्वतीको प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन गर्दै हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको बन्दना गाउदै पुञ्ज अर्चना गर्ने गर्छन।
सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको विस्वास छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने मानिएको छ।
उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको मानिन्छ र हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको जन विस्वास छ।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने र सरस्वती माता प्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो,शुभ्र गीत कविता प्रस्तुत गर्ने परम्परा छ।
वास्तवमा कला सस्कृति र विद्याकोर ज्ञान पाउनुमा सरस्वती माताकै असीम कृपा हुने गर्छ।