बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा बिहिवारदेखि जग्गाको निस्सा बितरण कार्य सुरु भएको छ । राष्ट्रिय भुमी आयोग संग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरण गरिएको हो ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले स्थानियलाई औपचारिक रूपमा जग्गाको निस्सा बितरणको काम उद्घाटन गरेका हुन । पालिकाको लक्ष्य अनुसार कयौं बर्षदेखि अव्यवस्थित र भुमिहिनहरुले एलानी जग्गाको उपभोग गर्दै आए पनि हातमा लालपुर्जा नपाएर जग्गाको मालिक बन्न पाएका थिएनन् ।
सोही अनुरुप निस्सा बितरण कार्यलाई अगाडी बढाउदा अब सबै जग्गाको मालिक बन्ने जग्गाको निस्सा बितरण गर्दै वडा अध्यक्ष चौधरीले बताए । जग्गाको निस्सा पाउँदा स्थानियमा खुशी छाएको छ । वडा अध्यक्ष चौधरीकाअनुसार आफुले उपभोग गर्दै आएका जग्गा धनिले अब चाडै लालपुर्जा समेत पाउने बताए ।
उनले जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप जग्गाको निस्सा बितरण गरिएको बताए । जग्गाको नाप नक्सा अहिले प्रदान गरिएको निस्साको आधारमा हुने उनले बताए ।