सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा यही फागुन १८ गतेदेखि घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । सिमसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडीमा महोत्सव आयोजना गरिने भएको हो ।
घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म पालिकाको वडा नम्बर १ स्थित हेलिप्याड मैदानमा महोत्सव संचालन हुने जनाइएको छ । आयोजक घोडाघोडी उद्योग वाणिज्य संघले मंगलबार सुखडमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव संचालन बारे जानकारी गराएको हो ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको कृषि ,पर्यटन,स्थानीय कला सस्कृती, व्यापार, खाद्यान्न उत्पादनको सम्भानालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको सघंका अध्यक्ष दुर्गादत्त जोशीले जानकारी दिए । कृषि, पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकाशको आधार भन्ने मूल नाराका साथ महोत्सवको तयारी तीब्र पारिएको जनाइएको छ ।
कृषि, पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकाशको आधार भन्ने मूल नाराका साथ हुन गईरहेको महोत्सवमा ६०- ७० लाख बढी दर्शकले अबलोकन गर्ने र महोत्सव संचालनको लागि करिब २५ लाख बराबर खर्च लाग्ने र सोही हाराहारीमा उनले बताए । महोत्सव संचालनको लागि विभिन्न समिति उपसमिति गठन भइसकेको उनले बताए ।
महोत्सवमा राष्ट्रिय कलाकार सङ्गै स्थानीय कलाकारको प्रस्तुति रहने र बढी प्राथमिकता स्थानीयलाई दिइने बताइएको छ । महोत्सवमा १४० बढी स्टल रहनेछ्न । महोत्सव अबलोकनका लागि विद्यार्थीको लागि ५० र अन्यको लागि ८० रुपैयाँ टीकट दस्तुर लाग्ने जनाइएको छ । महोत्सवबाट भएको आम्दानीले संघको निर्माणाधीन भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।