बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नमूना ग्रामीण विधुत सहकारी संस्थाको अध्यक्षमा भिम सिंह सार्की चयन भएका छन ।
संस्थाको सम्पन्न १७ औ वार्षिक साधारणसभाले सार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा विजय डगौरा, सचिबमा वीर बहादुर साउद,कोषाध्यक्षमा लालसरा बोगटीलगाएत अन्य सदस्य रहेका छन ।
सहकारी सस्थाको १७औ साधारणसभाको शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष महाबीर साउदले आर्थिक वर्ष ०७९/८० को करिब ४७ लाख १ हजार २ सय २ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।