बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बसन्त मुरारी नमुना माद्यामिक विद्यालयको २० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवर र पुर्ब एआईजि कमल सिंह बम रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न ।मुख्यमन्त्री शाहले बसन्त मुरारी देशकै नमुना माध्यमिक विद्यालयमा पर्न सफल भएको कुरामा बधाई दिदै आगामी दिनमा बिधालयको शैक्षिक र भौतिक सुधारका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए । उनले समग्र हिसाबमा प्रदेश र यहाँका जनताको विकास ,शुसासन ,समृद्धि र उन्नतिका लागि अहोरात्र काम गर्ने बताए ।
मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
यसै गरि समारोहलाई सम्बोधन गर्दै बिशिस्ट अतिथी पालिका अध्यक्ष कर्ण कुँवरले शैक्षिक क्षेत्रको सुधारका लागि आफू लागि रहेको बताउनु भयो । साथै बिधालयको भौतिक र शैक्षिक सुधारमा पालिका बाट हुने सहयोगमा कुनै कसर बाकी नराख्ने बताए ।
समारोहमा बिधालयका प्रधानाध्यापक भुमी प्रकाश बमले आर्थिक बर्ष २०७७/०७८ को ३ करोड ८० लाख, ८० ह्जार , ८ सय ६० रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समिती सदस्य जगत साउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा ए आई जि कमल सिंह बम, बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम,जनमोर्चा नेपालकी अध्यक्ष रुपा आलेमगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बार्षिकोत्सव समारोहमा बिधालयमा संचालन भएको अतिरिक्त क्रियाकलापमा प्रथम,द्दितिय र तृतीय स्थान हासिल गर्ने छात्रा छात्र हरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । साथै बिधालय मा उत्कृष्ट नतिजा ल्याउने प्रथम द्दितिय बिद्यार्थीलाई नगदले सम्मान गरिएको थियो ।
साथै विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बिधालयमा लामो समय अध्यापन गराएका शिक्षक महेश्वर बिनाडी, कुशल अभिभावक भुपेन्द्र मल्ल , पुर्ब विद्यार्थी हाल लम्की चुहा नगरपालिका कृषि अधिकृत बिक्रम चौधरी , पुर्ब बिद्यार्थी तथा पत्रकार लोकेन्द्र सिंह ठकुरी, पुर्ब विद्यार्थी तथा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि सम्मानित भएका हुन ।
बिधालयका सहायक प्र.अ.राकेश हमाल र शिक्षक प्रभु नाथ जैशिले संचालन गरेको कार्यक्रममा बिद्यार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।