बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न ।
उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह, निर्माणाधीन पक्की पुल, वडा नम्बर ३ को रिङ्गरोड र ऐलानी जग्गाको नाप नक्सानकको बारेमा स्थलगत अनुगमन गरेका छ्न ।
स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जनाएका छ्न । उनले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताए ।
विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिए । यसैगरी उनले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै यसमा कुनै कमिकमजोरी हुन नदिने समेत बताए ।