रमेश बम,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई हाइवे क्षेत्रकै नमूना गाउँपालिका बनाउने अभियान तीब्र पारिएको छ । नमूना गाउँपालिका निमार्ण’को नारा तय गर्दै अगाडि बढेको बर्दगोरिया गाउँपालिका नमूना काम गर्दै अगाडि बढिरहेको छ ।
विशेष गरि बर्दगोरियालाई हाइवे क्षेत्रकै उज्यालो पालिका बनाउने उदेश्यसहितको काम अहिले अन्तिम चरणमा पुगेको छ । यतिबेला पालिकाका मुख्यगरि पुर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने चोकचोकमा हाइमास्ट लाइट जडानको कार्य अन्तिम चरणमा छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरकाअनुसार हाइवे क्षेत्रमा हुन सक्ने विभिन्न सम्भावित घटना, दुर्घटना रोक्न पालिकाभित्रका ६ ओटा मुख्यचोकमा हाइमास्ट लाइट जडानकार्य सकिएको छ । छिमेकी लम्कीचुहा नगरपालिकासङ्ग सीमा जोडीएको दोधरा कुला, दोधरा (कुम्भिया) जाने मुख्यचोक, बौनिया बजार ,दोधरा अस्पताल जाने (स्थानीय मुडा गाउँ चोक, कट्टिपुरचोक र मुडाबजार चोकमा हाइमास्ट लाइट जडान गरिसकिएको छ ।
पालिकाभित्रका मुख्यचोकहरुमा हाइमास्ट लाइट जडान गरिएपछि रात्रीकालिन समयमा सवारी चलाउने चालक, आवातजावत गर्ने यात्रु, बिहानीको समयमा स्कुल र ट्युसन पढ्न जाने विद्यार्थीका साथै स्थानीय ब्यापारी र मर्निङ वाकमा जानेलाई निकै सहज भएको स्थानीय बताउछ्न । पालिका अध्यक्ष कुवर भन्छन् – हामीले पालिकालाई नमूना पालिका बनाउने उदेश्यसहितको अभियान अगाडि बढाएका छौ । सोहीअनुसार उज्यालो बर्दगोरिया अभियान थालेका हौ, जुन अहिले अन्तिम चरणमा पुगेछ । हामीले यो अभियान सडक र बजार केन्द्रित मात्र नभैइ ६ वटै वडाका मुख्यचोकमा हाइमास्ट लाइट जडान गरि नागरिकलाई सेवा दिनेछौ । उनकाअनुसार पालिकाभित्रका सहायक सडक र चोकमा पनि सडक बत्ती जडान गर्दै नागरिकलाई सहजता थप्नेछौ ।
उसोत बर्दगोरिया गाउँपालिकाले पालिकालाई उज्यालो पालिकासहित स्वास्थ्य, शिक्षा ,खानेपानी ,खेलकुद क्षेत्रको विकास गर्दै पालिकालाई विभेदमुक्त, छुवाछूत मुक्त र लागुपदार्थ दुर्यसनी न्यूनीकरणको अभियानसमेत अगाडि बढाएको छ । गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि भन्नुहुन्छ – पालिकालाई नमुना पालिका बनाउने अभियानमा यहाँका स्थानीय ,स्थानीय राजनीतिक दल, सबै जनप्रतिनिधि ,बुद्धिजीवी तथा समाजसेवीको महत्वपूर्ण साथ पाएका छौ । सोहीअनुरुप बर्दगोरियालाई नमूना पालिका बनाउने अभियानले पुर्ण सार्थकता पाउनेछ ।
पालिका उपाध्यक्ष गिरिले सुदुरचित्रलाई भन्नुहोस् – हामीले जनताको सेवागर्ने उदेश्यसहित चुनाव जितेका हौ । विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्छ । जनताको दिगो विकास जोडिएको ठाउँमा सबै एकभैइ कार्य गर्नुपर्ने हुन्छ । चुनाव जितिसकेपछि जनताको जिबिकासित जोडिएका कुरामा प्रतिस्पर्धा गर्नुपर्छ ।
हालसम्म के गर्यो पालिकाले ?
दोस्रो स्थानीय तहको निर्वाचन सकिएपछि स्थानीय सरकार संचालनको कार्यकाल झन्डै एक वर्ष नजिक पुगेको छ । यो अबधिमा बर्दगोरियाका जनप्रतिनिधिले थुप्रै विकासे योजनाको काम गरेका देखिन्छन् । स्थानीय नागरिकलाई सवलिकरण गर्नेदेखि विकास र समृद्धिको मार्गमा बर्दगोरियालाई अगाडि बढाएका छ्न । बर्दगोरिया १ मा १५ शैयाको अस्पताल निर्माण भएको छ । अधुरो खानेपानी योजनाले गति लिएको छ । वडा नम्बर २ मा पक्की सडक निर्माण हुदैछ भने वडा नम्बर ३ र ४ जोड्ने झोलुंगे पुल बनिसकेको छ । यसैगरी वडा नम्बर ३ कै कुइरा नदीमा पक्की पुल बन्दैछ भने ६ नम्बर वडा र घोडाघोडी नगरपालिका ३ जोड्ने नदीमा पनि झोलुंगे पुल निर्माणको काम शुरु भएको छ । वडा नम्बर ३ मै खानेपानी योजनाको काम र बर्थिङ सेण्टर संचालनको अन्तिम तयारी पनि छ ।
जनताको विकासको लागि पालिकाले किन्यो आफ्नै गाडी !
जनताको विकासका लागि पालिका आफै जनमाझमा प्रत्यक्ष रूपमा सहभागी हुने भएको छ । जसको लागि स्थानीय सरकारले आफ्नै सवारी साधन खरिद गरेको छ । कच्ची सडकले पुर्याएको सास्ती र धुलो हिलाम्मे सडक स्तोरन्ती गर्न पालिकाले दुई वडा टिप्पर, १ डोजर र १ रोलर मेसिन खरिद गरेको छ । अब यी सवारी साधनले पालिकाभित्रका सबै वडामा सडक स्तोरन्तिको काम गर्नेछ्न । यसलाई कसरी व्यवस्थित रूपमा संचालन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकार जुटेको छ ।