कोइली भुरुवा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवामा रहेको कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको अध्यक्षमा बिकत लाल चौधरी निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका चयनक लागि शनिबार सम्पन्न भएको निर्वाचनमा चुनाव चिन्ह पँखाका उम्मेदवार बिकत लाल चौधरीले बल्ब समर्थन उम्मेदवार रबर सिह कठरियालाइ १५ मतको अन्तरले पछाडि पार्दै चाैधरी बिजयी बनेका हुन ।
अध्यक्षमा विजयि चौधरीले १ सय ५४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी कठरियाले १ सय ३९ मत प्राप्त गरेका थिए ।
यसैगरी समितिको उपाध्यक्षमा सिङ्ग बहादुर चौधरीले १ सय ५२ मत, सचीव मा हरिराम डगौराले १ सय ४७ मत , कोषाध्यक्षमा सुनारमति १ सय ४६ मत प्राप्तगरि बिययी भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा लायक राम थारु ,अतवारी कठरिया ,सुमन चौधरी ,कमला वडायक बिजयी भएका छन ।बिकत लाल चौधरी र सिङ्ग बहादुर चौधरी बाहेक सबै ब्लबका उम्मेदवार बिजयी भएक छन् ।
सस्थामा ३६७ मतदाता रहेका थिए भने जम्मा ३१५जनाले मतदान गरेका निर्वाचन अधिकृत सुरेन्द्र प्रकाश जैशीले जानकारी दिए ।