बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिमा गठित विभिन्न बाल क्लबहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ । बुधबार पालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा पालिकाभित्र गठित विभिन्न ८ ओटा बाल क्लबहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरि (लालदिप) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती विक, महिला तथा बालबालिका शाखा प्रमुख पानमती राना, विभिन्न बाल क्ल्वमा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
बालवालिकालाई खेलकुद क्षेत्रमा अगाडी बढाउँउदै उनीहरूको शारीरिक तथा मानशिक क्षमताको वृद्धि विकासका लागि खेलकुद सामाग्री वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पानमती रानाले बताउनुभयो । उहाँकाअनुसार पालिकामा गठित पालिका स्तरीय १, पालिकाका ६ वटै वडाका १/१ र १ सामुदायिक स्तरमा गठित क्लब गरि जम्मा ८ ओटा बाल क्लबहरुलाई खेलकुद सम्बन्धि विभिन्न सामाग्री वितरण गरिएको हो ।
बालबालिकालाई खेलकुदका क्षेत्रमा हौंसला प्रदान गर्न र उनीहरूको वृद्धि विकासका लागि सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताउनुभयो । खेलकुद सामाग्री पाएपछि बाल क्लबका विद्यार्थीहरु खुशी भएका थिए । शिक्षा सँगै बालबालिकालाई खेलकुदको समेत आवश्यकता रहेको हुँदा बालवालिकालाई सो सम्बन्धि विभिन्न सामाग्री वितरण गरिएको पालिका उपाध्यक्ष गणेश राज गिरिले बताउनुभयो ।