काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।
देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू–भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।