बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले सडक सुधारको कामलाई अगाडि बढाएको छ । विकास र समृद्धिको मार्गचित्रलाई अनुसरण गर्दै अगाडि बढेको पालिकाले ६ वटै वडामा रहेका सडकबाटाहरु मर्मत सुधार र स्तरोन्तिको कामलाई अगाडि बढाएको हो ।
लामो समयदेखि सडक मर्मत नहुदा आवातजावतमा हुने समस्यालाई मध्यनजर गरि यो सडक सुधारको काम अगाडी बढाइएको पालिकाले जनाएको छ । विशेषगरी ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बर्सेनि लाखौ रकम खर्च हुने र काम प्रभावकारी नहुने हुँदा अब पालिका आफैले सडक सुधार ,सडक मर्मत र सडक स्तोरन्न्तीको काम अगाडि बढाएको हो । जसको लागि पालिकाले आफ्नै सवारी साधन खरिद गरि सकेको छ ।
कच्ची सडकले पुर्याएको सास्ती र धुलो हिलाम्मे सडक स्तोरन्ती गर्न पालिकाले दुई वडा टिप्पर, १ डोजर र १ रोलर मेसिन खरिद गरेको छ । अब यी सवारी साधनले पालिकाभित्रका सबै वडामा सडक स्तोरन्तिको काम गर्नेछ्न । जसअनुसार गाउँपालिका अन्तर्गतका कच्चीसडकहरुमा सोमबारबाट पानी पिचको काम सुरु भएको छ । वडा नम्बर ५ र ६ जोड्ने घैला नालापुलमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, ६ वटै वडाका वडा अध्यक्षको उपस्थितिमा सडक बाटो पानी पिजको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुवरले आगामी ६ महिनाभित्र पालिकाभित्रका सम्पूर्ण सडक बाटाहरु पानी पिज र असार मसान्तसम्म सबै सडकका खाल्डाखुल्डी पुर्नेगरी काम गर्न्र बताए । अध्यक्ष कुवरकाअनुसार अब मुख्य सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गरिएका सडकको मर्मतसहित पानीपिच गर्ने, र ग्राभेल गर्न बाकी सडकमा ग्राभेल बिछ्याउने काम हुनेछ । खासगरी वर्षातमा हुने समस्यालाई मध्यनजर गरि यो कार्य अगाडि बढाउन लागिएको हो । असार मसान्त अगावै सक्नेगरी गुणस्तरीय र प्रभावकारी तवरले काम गर्ने जनाइएको छ ।