बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माणाधीन विकासे आयोजनाको बारेमा अनुगमन तिब्र पारिएको छ । निर्माणाधीन योजनाहरु समयमै पूरा हुन र बजेट फ्रीज भएर नजाओस भन्ने उदेश्यले अनुगमनलाई निरन्तर अगाडि बढाइएको हो ।
बुधबार बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही, वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुसहितको टोलीले यहाँका विभिन्न योजनाको अनुगमन तथा निरीक्षण गरेको हो ।
टोलीले वडा नम्बर ३ ,४ र ६ मा संचालनमा रहेका पुल,रिङ्गरोड, चौतारी, तटबन्ध लगाएतका योजनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माणाधीन योजनाको काम समयमै सक्न र योजनाको गुणस्तरीयताका लागि स्टमेटअनुसार काम भए/नभएको बारे जानकारी लिइएको गाउँपालिका उपाध्यक्ष एवम अनुगमन समिति संयोजक गणेश राज गिरि (लालदीप) ले बताउनुभयो ।