बर्दगिरिया । कैलालीको बर्दगोरिया गाउँपालिका न्यायिक समितिको आयोजनामा यहाँका नयाँ सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरिको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै न्यायिक समितिकी संयोजक एवं गाउँपालिका उपाध्यक्ष गिरिले न्यायिक समितिका काम प्रभावकारी बनाउने र समुदाय स्तरमा पनि मेलमिलापका कामलाई थप सहज बनाउन तालिम सञ्चालन गरिएको जानकारी बताउनुभयो ।
मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्त्वका साथ तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा अथितिको आसनबाट बोल्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ) ले तालिम पश्चात मेलमिलापकर्ताले न्यायको सिद्धान्त र आफ्नो मर्यादालाई ख्याल गर्दै सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ४८ घण्टे तालीम धेरै महत्वका साथ लिए न्याय प्रमालीमा थप सहयोग पुग्ने अपेक्षा आफ्नो रहेको उहाँले बताउनुभयो ।
मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, क्षेत्राधिकार तथा यसको सही प्रयोगलगायत विषयमा जानकारी गराउने उद्देश्यले बिहिबारदेखि तालिम सुरु भएको हो।
तालिमको उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका न्यायिक समिति सदस्य हिक्मत कठायत, बसन्ती साउद लगाएतकाको उपस्थिति रहेको थियो।