बर्दगोरिया । भौगोलिक हिसाबले अति विकट मानिने कैलालीको बर्दगोरिया गाउँपालिकाको दानुवाफाटा स्थिति मुक्त कमैया शिविरका महिलाहरू आर्थिक समृद्धिको बाटोमा लागि परेका छ्न । बाल कल्याण संघ टीकापुर कैलाली र टेवा नामक संस्थाले उनीहरूको आयआर्जनका आवश्यक तालिम र आर्थिक सहयोग गरेपछि यहाँका महिलाहरू सामुहिक रूपमा आर्थिक समृद्धिको बाटोमा अगाडि बढेका हुन ।
भौगोलिक हिसाबले निकै विकट मानिने र दुबैतिर नदिले घेरिएको अबस्थामा रहेका यस मुक्त कमैया शिविरमा रहेका महिलाहरुले उजेली कृषक महिला समूह नै गठन गरेका छ्न । यस समुहमा यहाँका १८ जना महिलाहरू छ्न । उनीहरूलाई आर्थिक हिसाबले शसक्त बनाउन बालकल्याण संघ टीकापुर र काठमाडौको टेवा नामक संस्थाले आर्थिक सहयोग देखि आवश्यक कृषि तथा पशुपालन सम्बन्धि तालिम दिदै आएको छ ।
यी दुवै संस्थाको सहयोगमा आफुहरुले व्यक्तिगत रूपमा बाख्रापालन, मौरीपालन, तरकारी खेतीमा सक्रियता देखाउन थालेका छ्न । मुक्त कमैया शिविरका महिलाहरू भन्छ्न – संघ/ संस्थाको सहयोगमा आवश्यक ज्ञानसमेत प्राप्त भएपछि केही गरि खान सकिन्छ भन्ने हिम्मत जागेको छ । यी दुबै संस्थाको सहयोगमा मुक्तकमैया शिविरमा रहेका महिलाहरूले बाख्रा पालन तथा बङ्गुर पालनको लागि खोर व्यवस्थापन गरिएको छ । केहिले भने बाख्रापालन नै सुरु गरिसकेका छ्न उजेली कृषक महिला समुहकी अध्यक्ष फुलकुमारी कठरीयाले भन्नुभयो – कसैले बङ्गुर त कसैले मौरीपालन समेत सुरु गरेका छ्न ।
अहिले बालकल्याण संघ टीकापुरको सहयोगमा यहाँका महिलाहरु सामुहिक तरकारी खेतिको लागि जुटेको उहाँले भन्नुभयो – तरकारी खेतिका लागि बालकल्याण संघले तीन महिने तालिम समेत प्रदान गरेको छ । अहिले खेतिपातिको सिजन भएको हुँदा सवै धान रोपाइँमा ब्यस्त छ्न, लगत्तै तरकारी खेतिको काम पनि सामुहिक रूपमा सुरु गर्नेछौ ।
बालकल्याण संघकि फिल्ड सहजकर्ता पदमा साउदकाअनुसार सस्थाले यहाँको मुक्तकमैया शिविरको लागि दुईवटा बोरिङ समेत जडान गरिदिएको छ । जसले कृषि कार्यको लागि सहजता प्रदान गरेको छ । यसैगरी प्रत्येक घरमा सुद्द खानेपानीको लागि फिल्टर समेत प्रदान गरेको छ । घर बगैंचा कार्यक्रमअनुसार प्रत्यक घरमा विभिन्न प्रजातिका विरुवासमेत संस्थाले दिएको छ ।
उजेली कृषक महिला समूहले गरेको कार्यको बिहिवार बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले अनुगमन समेत गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले आर्थिक रूपमा विपन्न, भौगोलिक हिसाबले पिछडिएको उक्त मुक्तकमैया शिविरका महिलाले सुरुवात गरेको कृषि कार्यको प्रसङ्सा गर्नुभयो । उहाँले व्यवसायीक रूपमा नै यसलाई अगाडि बढाउन सकेमा मुक्तकमैया शिविरका दिदिबहिनीहरु आर्थिक रूपमा सबल बन्ने बताउनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट गर्न सकिने सबै कार्य आफुले गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।