वीरेन्द्रनगर । नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेतका जिल्ला अध्यक्षसहितको जम्बो टोली नेकपा एमालेमा प्रवेश गरेको छ। बुधबार एमाले महासचिव शंकर पोखरेलले नेकपा (एस) का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित बहुमत जिल्ला कमिटी सदस्यहरू एमालेमा प्रवेश गराएका हुन्।
साथै सोही पार्टीका प्रगतिशील इन्जिनियर एसोसिएसन कर्णाली प्रदेश अध्यक्ष महेश ढुंगानासहित ६५ जना एमालेमा समाहित भएका छन्।
अध्यक्ष माधव नेपालको ललिता निवासको भ्रष्टाचार काण्डविरुद्ध विद्रोह गर्दै उनीहरू एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई महासचिव पोखरेलले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।