बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेका किसानलाई ५० प्रतिशत मुल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरणको कार्य शुरु भएको छ ।
मंगलबारदेखि वडा नम्बर ६ मा रहेका व्यवसायीक किसान ,किसान समुह, कृषि फार्म तथा कृषि उद्यमीलाई व्यवसायीक तरकारी खेतीका लागि बीउ वितरणको काम थालिएको हो ।
मंगलबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई तरकारी बालीको बीउ हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका छ्न ।
कार्यक्रममा कृषि इकाईकि आशिका कठरिया, पशुसेवा शाखाका नायब पशु सेवा प्राबिधिक युवराज कठरिया लगाएतको उपस्थिति थियो ।
पालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नम्बर ६ का किसानलाई कृषि इकाई पृथ्वीपुरमार्फत ५० प्रतिशत मूल्य अनुदानमा विभिन्न ४ जातीका तरकारी बालीको बीउ वितरण गरिएको जनाएको छ ।