बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सम्पन्न पालिका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता २०८० मा नव बालबाटिका विद्या मन्दिर पहिलो स्थान ओगट्न सफल भएको छ ।
परसस्कृतिमा न्यूनीकरण, तीज गीतमा मौलिक जागरण भन्ने नाराका साथ हरितालिका तीज पर्वको अबसरमा बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चले आयोजना गरेको प्रतियोगितामा बालबाटिका पहिलो, आदर्श सामुदायिक विद्यालय दोस्रो र महुन्याल मावि तेर्सो भएका छ्न ।
प्रतियोगितामा पहिलो ,दोस्रो र तेस्रो स्थान ओगट्न सफल विद्यालयको टीमले क्रमश; ७ हजार ५ सय, ४ हजार ५ सय र दुईहजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न । उनीहरूलाई कार्यक्रमका बिशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले नगद ,प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत गरि ९ विद्यालयको सहभागिता रहेको थोयो ।
पछिल्लो समय तीजमा हराउदै गएको मौलिकतालाई उजागर गर्न र विद्यालयमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष भरत ताम्राकारले बताए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत कैलालीको बर्दगोरिया ६ बास्कोटीमा रहेको श्री महुन्याल माद्यामिक विद्यालयका प्रअ. चन्द्रीका जोशी र कलाकार सुनिता पोख्रेललाई सम्मान समेत गरिएको थियो ।