बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा कार्यपालिका सदस्य भीम वहादुर विश्वकर्मा र बर्दगोरिया सव डिभिजन कार्यालय वन रक्षक राम वहादुर धामी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले वनले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताउनु भयो । साथै वडा अध्यक्ष आचार्यले वन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताउनु भयो । सामुदायिक वनका उपाध्यक्ष भीम वहादुर बुढाले आर्थिक वर्ष २०७९ / ०८० को १२ लाख,२५ ह्जार,१ सय ६३ रुपैयाँ ३० पैंसा बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।
सामुदायिक वनका सदस्य वीर वहादुर सुनारले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राम वहादुर चौधरी, लालीगुराँस सामुदायीक वन उपभोक्ता समूहका सचिव पार्वती आचार्य, दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा राज रिजाल, न्यू जोति आधारभूत विद्यालयका प्र. अ. उपेन्द्र सुनार, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक पदम तिरुवा,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष रवि जनाला, समाज सेवी दल वहादुर तिरूवा र पशुपति युवा क्लवका उपाध्यक्ष महेश थापा,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै वन जोगाउन एक जना अध्यक्ष मात्र भएर नहुने भन्दै अध्यक्ष लाल सिंह विश्वकर्माले सबै उपभोक्ताहरु जागरुक हुने पर्ने बताउनु भयो । वन समितिले विभिन्न बाटोहरु मर्मत , महिलाहरुका लागि सीप मुलक तालिम उपभोक्ताहरुलाई बंगुरका पाठाहरु पनि बितरण गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए । आगमी आर्थिक बर्षमा बन समितिलाई उपभोक्ताले साथ दिए युवाहरुलाई रोजगार दिने उद्योग संचालन गर्ने अध्यक्ष विश्वकर्माले बताए ।