धनगढी । प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । एमालेको कैलाली जिल्ला पार्टी धनगढी र सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।
प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए । शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए ।युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको दाबी छ। नेकपा एमालेको यहीँ असोज २१ र २२ गते धनगढीमा प्रथम प्रदेश अधिवेशन तोकिएको छ।