मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा रहेको श्री महुन्याल माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शुक्रबार शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको सभाध्यतामा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जैशीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्ट विशिष्ट अथिति रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले महुन्याल मा.वि.लाई यस क्षेत्रकै नमूना विद्यालयका रूपमा स्थापित गर्नका लागि यहाँका समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल, शिक्षक शिक्षिका तथा अभिभावकहरु विशेष सहयोग र साथ अपरिहार्य भएको बताउनुभयो । उहाँले अभिभावकलाई आफ्नो ठाउँको विद्यालय र विद्यार्थीको अवस्थाप्रति सदैव गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले सामुदायिक विद्यालय महुन्याल मा.वि.लाई प्राविधिक धारसङ्गै अगाडि बढाएर दक्ष जनशक्ति उत्पादनमा समेत विद्यालयले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले शिक्षक, अभिभावक, विद्यार्थी सबैको सहयोग र हातेमालोबाट विद्यालयको गुणस्तर माथी उकास्न सकिने हुँदा यसप्रति सचेत रहन सुझाव समेत दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक पुष्कर सुनारले आर्थिक वर्ष २०७९/८० को २ करोड ३० लाख ४१ हजार ९३४ रुपैयाँ बराबरको आय र२ करोड २३ लाख ६३ हजार ४३५ रुपैयाँ व्यय विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।