कोइलीभुरुवा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको दोदोधरा ग्रामिण विद्युत सहकारी संस्थाले आफ्नो क्षेत्रभित्र पर्ने ८ ओटा चोकमा लाइट जोडान गरेको छ ।संस्थाले वडा नम्बर ५ स्थित बेलुवा, विशालनगर र रामपुरका जम्मा ८ वटा चोकमा रहेका पोलहरुमा ३० वाट क्षमताको लाईट जोडान गरेको हो । नागरिकहरुको सुरक्षा तथा घटना दुर्घटना रोक्न लाइट जडान गरिएको संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताए ।यसैगरि संस्थाका सचिप सुरेश सुनारले आफुहरु निर्वाचित भएदेखि उपभोक्ताको हीतमा रहेर काम गरिरहेको बताए । उनले बिद्युत सहकारी संस्थाले सबै उपभोक्ता तथा आम नागरिकको सहजताको लागि लाइट जडान गरिएको बताए ।