बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही फागुन १३ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । खोप अभियानलाई सफल पार्न शुक्रबार पालिका स्तरीय समन्वय समिति,संचारकर्मी र सरोकारवाला निकाय संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।पालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा दारुरा रुबेला खोपलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । बर्दगोरिया गाउँपालिकामा रहेका ६ वटै वडाहरुमा एकैपटक सुरु हुन लागेको खोप अभियानको आवश्यक तयारी पूरा भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मीन धामीले फागुन १३ गतेदेखि सुरु हुने खोप अभियान फागुन २३ गतेसम्म चल्ने बताए । उनकाअनुसार खोप अभियान अवधिमा पालिकाभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समुहका करिब ११ हजार बालबालिकालाई खोप लगाइनेछ ।पालिका उपाध्यक्ष गणेश राज गिरिको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धामीले यो अभियानमा लगाइने खोप थप मात्र भएकाले पहिला जतिपटक लगाएको भए पनि यो खोप लगाउनुपर्ने बताए । उनले दादुरा रुवेला रोगबिरुद्धको राष्ट्रिय खोप अभियान सफल पार्नका लागि सहयोग गर्न सबै सरोकारवालाहरु निकायहरुलाई आग्रह समेत गरेका छ्न ।खोप अभियानका लागि पालिका भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, स्थानीय खोप केन्द्र, स्थानीय स्वास्थ्य संस्था गरि ४४ वटा केन्द्र तोकिएको छ ।
दादुरा–रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले भएकाले खोप अनिवार्य मानिएको छ ।चिकित्सकका अनुसार सामान्यतयाः दादुरा–रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ ।
सरकारले २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्ने उदेश्य राखेको छ ।