बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा आगलागीबाट ज्यान गुमाएकी स्थानीय ४८ वर्षिया देवकी न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
बर्दगोरिया गाउँपालिकाको विपत व्यवस्थापन समितिले न्यौपानेको परिवारलाई सहयोग स्वरुप २५ हजारौं रुपैयाँ सहयोग गरेको हो ।
आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले पीडित परिवारको घरमै पुगेर २५ हजार रुपैयाँको चेक मृतक देवकीका छोरालाई हस्तान्तरण गरेका छ्न ।
सहयोग हस्तान्तरण गर्दै पालिका अध्यक्ष कुवरले पीडित परिवारलाई स्थानीय सरकार भएको महसुस गराउने उदेश्यले सक्दो सहयोग गरिएको बताए । उनले पीडित परिवारलाई आगामी दिनमा समेत आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।सो क्रममा विपत व्यवस्थापन समिति बर्दगोरियाका प्रमुख भुमि शर्माले सरकारले विपतका घटनामा परेकालाई सरकारले राहत स्वरुप आर्थिक सहयोग गर्दै आएको र यसअघि पालिकाको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय कैलालीको,विपत व्यवस्थापन समितिबाट न्यौपाने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग भएको बताए ।
गत माघ ९ गते आगो ताप्ने क्रममा शरीरमै आगो सल्किएपछि उनी गम्भीरता घाइते भएकी थिइन । कमजोर आर्थिक अवस्थाकी उनको चन्दा सङ्कलन गरेर उपचार गराइएको थियो । यधपी उनको अबस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा माघ १८ गते अस्पतालमै ज्याम गएको थियो ।
मृतक देवकी न्यौपानेका तीन छोरा र एक छोरी छ्न । उनीहरूको आर्थिक अवस्था निकै कम्जोर रहेको छ ।