बर्दगोरिया । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत दादुरा रुबेलाविरुद्धको खोप अभियान संचालनका बारेमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरीय समन्वय समितिको छलफल सम्पन्न भएको छ ।
निमुवाबोझी आधारभुत स्वास्थ सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा दारुरा रुबेला खोपलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । बर्दगोरिया गाउँपालिकामा रहेका ६ वटै वडाहरुमा यही फागुन १३ गतेदेखि २३ गतेसम्म खोप अभियान संचालन हुनेछ ।
![](https://sudurchitra.com/wp-content/uploads/2023/01/Green-Yellow-Modern-School-Admission-Open-Instagram-Post1.jpg)
खोप अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही, विभिन्न टोलका भल्मन्सा लगाएतको उपस्थितिमा छलफल गरिएको स्वास्थ्य सेवा केन्द्र प्रमुख भरत रसाइलीले बताए । उनकाअनुसार खोप अभियान अवधिमा पालिकाभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समुहका करिब ११ हजार बालबालिकालाई खोप लगाइनेछ ।
उनले दादुरा रुवेला रोगबिरुद्धको राष्ट्रिय खोप अभियान सफल पार्नका लागि सहयोग गर्न सबै सरोकारवालाहरु निकायहरुलाई आग्रह समेत गरेका छ्न ।खोप अभियानका लागि पालिका भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, स्थानीय खोप केन्द्र, स्थानीय स्वास्थ्य संस्था गरि ४४ वटा केन्द्र तोकिएको छ ।दादुरा–रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले भएकाले खोप अनिवार्य मानिएको छ ।
चिकित्सकका अनुसार सामान्यतयाः दादुरा–रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ ।
सरकारले २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्ने उदेश्य राखेको छ ।