मुडा, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको मुडाबजार – नौनिया सडकखण्डमा वर्षाका कारण परेको खाल्डाखुल्डी नपुरिदा दुर्घटनाको जोखिम बढेको छ ।
दैनिक सैयौजसो स्थानीय तथा विद्यार्थी आवातजावत गर्ने मुख्य सडकका रूपमा रहेको सो क्षेत्रमा वर्षाले सडकनै भासिने खाल्डाखुल्डी पारेको छ ।ग्राभेल सडकका रूपमा रहेको मुडाबजार – नौनिया सडकखण्डमा नालाको व्यवस्था नहुदा वर्षाको पानीले सडक नै भासिने गरि खाल्डाखुल्डी पारेको छ । स्थानीयकाअनुसार भूक्षयकै गतिमा सडक चिरेको छ भने खाल्डाखुल्डी नपुरिदा दुर्घटनाको खतरा बढ्दै गएको छ ।सोही सडक मार्ग भयर दैनिक सैयौ विद्यार्थी कालिका माध्यामिक विद्यालय नौनिया र मुडा बजार स्थित बुद्ध चिल्ड्रेनमा पढ्न आउने जाने गर्दछ्न भने सैयौ स्थानीय पनि दैनिक किनमेलका लागि बजार आउने गर्दछ्न ।वर्षाको पानीले सडक चिरेर साघुरो बनाउदै लिएको छ भने सानाठूला सवारी साधन चलाउदा पनि सडक भासिने र बाटोनै अवरुद्ध हुने सम्भावना बढेको छ । सो सडक क्षेत्रमा तत्काल खाल्डाखुल्डी नपुरे ठुलो दुर्घटना हनसक्ने स्थानीय बताउछ्न ।
सडकको यो दुर्दशाले सवारी चालक, यात्रु तथा बजार आवातजावत गर्ने सवैलाई सास्ती पारेको छ । अति संबेदनसिल मानिने र सवारी साधनको बढी चाप हुने सो सडकमा देखिएको यस्तो दुर्दशालाई स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल मर्मत गर्नुपर्ने स्थानीयको भनाई छ ।