बर्दगोरिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत १२ गते भोलि चर्चित गायक कमल खत्री सहित विभिन्न कलाकालहरुको प्रस्तुति हुने भएको छ ।
कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत १२ गते चर्चित गायक कमल खत्री, उद्घोषिका रुपा जि एम, हेमराज अधिकारी खन्ट्या खलास, आरुषी मगर लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।चैत ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार, एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।