बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा संचालित घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत बेरोजगार युवायुवतीहरुलाई सिप सिकेर उद्यमी बनाउने उदेश्यले तालीमको आयोजना गरीएको थियो ।पछिल्लो समय युवायुवतीहरु रोजगारी नपाएर विदेश पलाएन भईरहेको अवस्थामा उनीहरूलाई आर्कसित गराउदै उद्यमी बनाउने उदेश्यका साथ सीपमुलक तालिम अन्तर्गत गत वैशाख २९ गतेदेखि घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम संचालन गरिएको थियो ।१५ दिनसम्म संचालन भएको आधारभुत तालिमको शनिबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा समापन गरिएको छ । सो अबसरमा बोल्दै उनले तालिमका सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । उहाँले रोजगार पाएन भनेर बिदेश पलाएन हुनु भन्दा पनि नेपालमै बसेर केही गर्न सुझाब दिनुभयो ।कार्यक्रममा वडा सदस्य हिक्मत कठायत र धनसरा विकले बेरोजगार युवायुवतीहरुलाई प्रदान गरिएको सिपमुलक तालीम निकै उपलब्धिपुर्ण हुनुपर्ने बताउनुभयो । उहाँले तालीम सिकेर मात्र नभई व्यवहारमा लागु गरेर एक सफल उद्यमी बन्न सुझाव समेत दिनुभयो ।तालीमका सहभागीहरुलाई विवेक आर्ट्सका संचालक तथा प्रशिक्षक बुद्धि सिंह डगौरा थारुले वाल पेन्टिङ, साइनबोर्ड लेखाई, भित्ते लेखन, हाउस पेन्टिङ लगायतका बारेमा सीप प्रदान गर्नुभएको थियो । तालीममा वडा नम्बर ६ का २२ जना युवायुवतीक सहभागीता रहेको थियो ।
तालीमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।