बर्दगोरिया । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश धनगढी कार्यालयले कैलालीको बर्दगोरिया गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सुदूरका सबै जिल्लाका नागरिकहरूलाई बीमा सम्बन्धी ज्ञान दिने उद्देश्यले नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरका सबै जिल्लाका पालिकाहरूमा बीमा प्राधिकरण विषयक जनचेतनामुलुक अन्तर्क्रिया कार्यक्रम गरिरहेको छ ।सोही कार्यक्रमअन्तर्गत बुधबार कैलालीको बर्दगोरियामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा बीमा भनेको के हो? कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूलाई सचेत गराउनका कार्यक्रम आयोजना गरिएको हो ।सुदुरपश्चिम प्रदेश धनगढी कार्यालयका प्रमुख हृदयश्वर पण्डितको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवर, बिशेष अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो ।कार्यक्रमम अतिथिका रूपमा गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय नन्दा कुमारी भट्ट,वडाध्यक्षहरु, कृषि तथा पशुशाखा प्रमुख, स्थानीय अगुवा कृषक, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कर्ण बहादुर कुवरले बीमा प्राधिकरणले
बीमा सम्बन्धि कार्यक्रम लिएर धेरै कुरा जनाकारी गराएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले गाउँपालिकाबाट यहाँका कृषक तथा गाउँबासिहरुलाई बीमामा समेट्नका लागि नीति, योजना बनाई लागू गर्ने जस्ता कुराहरू प्राथमिकतामा राखी कामगर्ने बताए ।कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढी संख्यामा थपिदै गएको भएपनि अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउनु भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यवसायिक किसानहरुको पहुँचमा सहज तरीकाले बीमा कम्पनीहरु पुग्नुपर्ने बताए ।पालिका उपाध्यक्ष गिरिले विशुद्ध रूपमा कृषि पेशाबाट जिविकोपार्जन गर्ने किसान तथा कृषि समुह ,व्यवसायिक कृषि /पशुफामको संख्या बढी भएकोले कृषि तथा पशु बीमालाई प्राथमिकतामा राखेर काम गर्दै जाने बताउदै प्राधिकरणसँग समन्वय गरी यहाँका सम्पुर्ण व्यवसायी किसानहरुको सरल पहुँचमा बीमा सेवा पुर्याउन तत्पर रहेको समेत बताए ।
कार्यालयकाअनुसार कृषि तथा पशुपन्छी बीमाले कृषि क्षेत्रको उत्पादकत्व बृद्धि र गरीबी न्यूनीकरणमा सहयोग पुर्याउँछ ।