बागलुङ, १० भदाै २०७८ ।
बागलुङमा निषेधाज्ञा खुकुलाे भएकाे छ । जिल्लामा काेराेना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा खुकुलाे बनाइएकाे हाे ।
बिहिबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले सर्त सहित निषेधाज्ञा खुकुलाे बनाउने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयाे । निषेधाज्ञा खुकुलाे भएपनि काेराेनाकाे जाेखिम कायम नै रहेकाले सबै प्रकारका पसलहरू तथा व्यावसायहरू बिहान ७ देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइनेछ । अब सबै प्रकारका यातयातका साधनहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ भने सभा सेमिनार सहितका भिडभाड हुने गतिविधिहरू माथि प्रतिबन्ध कायम रहेकाे छ ।
यस्तै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यलय, मालपाेत कार्यलय र नापी कार्यलयहरू पालिका अनुसार पालाे गरी कार्यसम्पादन हुनेछ ।
थप जानकारीका लागि सूचना हेर्नुहाेस् ।