रमेश बम बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि शिक्षा, स्वास्थ्य,खेलकुद र कृषिलाई विषेश प्राथमिकता दिएको छ । पालिकाको नयाँ नीति तथा कार्यक्रममा यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको हो ।
गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुका अनुसार गुणस्तरीय शिक्षामा बढी जोड दिइएको नीति तथा कार्यक्रममा विद्यालयमा प्रारम्भिक बालबिकास कक्षालाई आधुनिक प्रविधिमा जोड्ने, विद्यालयको भौतिक पुर्वाधार, खानेपानी, कक्षा तथा विद्यालय समायोजन ,आधारभुत शिक्षालाई निशुल्क र अनिवार्य ,शिक्षा र बालबालिकाको स्तोरन्न्ती र सीप विकासमा पनि जोड दिइएको छ ।
यसैगरी जिवन उपयोगी ,व्यवहारीक र प्रविधिमैत्री शिक्षा, बर्दगोरियामा क्याम्पस संचालनमा जोड, वैकल्पिक शिक्षामा जोड, स्थानीय पाठ्यक्रम निर्माणमा जोड, अपांग ,दलित ,मुक्त कम्लहरी पिछडा वर्ग र आर्थिक रुपले कम्जोर बालबालिकालाई छात्रवृत्ति, पोषण युक्त दिवाखाजा, दरवन्धी अनुसार शिक्षक,हरेक विद्यालयमा ईन्टरनेटको पहुँच पुर्याउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्यतर्फ सर्बसुलभ स्वास्थ्य सेवा,विशेषज्ञ चिकित्सक ,सामाजिक स्वस्थ्य वीमाको पहुँच ,कोभिड नियन्त्रणका लागि ५० बेडको आइसोलेसन ,मदिरा तथा लागू औषध नियन्त्रण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन ,बर्दगोरिया ३ को सामुदायिक स्वास्थ्य इकाइमा प्रसुती गृह, कोटातुल्सीपुर स्वास्थ्यचौकीमा पार्किङको व्यवस्थापन ,एसी इन्भअटर जडान, खानेपानीको धारा व्यवस्थापनलाई पनि मुख्य रूपमा राखिएको डगौराले बताउनुभयो ।
यसैगरी दोदोधरा स्वास्थ्यचौकीलाई चिकित्सा सेवासहितको अस्पताल निर्माण, पोषण मैत्री वडा घोषणा, स्वास्थ्य शाखा अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीलाई नेपाल सरकारको तलव स्केल बराबरको सेवा दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरि हरेक वडामा एक खेलमैदान ,पालिकामा एक क्षेत्रीयस्तरको अत्याधुनिक सुविधायुक्त रंगशाला ,खुलकुदमा युवाको लगाबमा जोड दिन खेलकुद प्रतियोगिता ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा भागलिने पालिकाभित्रका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन र सम्मानमा जोड दिइनेछ ।
कृषितर्फ यसको आधुनिकीकरण ,बजारीकरण, यान्त्रिकरण, कृषि फाम, सामुहिक खेती, पशुपालन ,प्रत्येक वडामा वालिविकास कार्यक्रम ,कृषकको घर खेतमा सेवा, उन्नत विउमा ५०% अनुदान , उत्कृष्ट कृषक घोषणा र पुरस्कार , प्रतिवडा २/२ नमुना च्याउ फार्म, बेमौसमी तरकारी उत्पादन र केरा खेतीमा जोड, तालिम तथा गोष्ठी , कृषिमा लक्षित वर्गको अधिक सहभागीता, उत्पादनशील पशुपालनमा जोड, किर्तिम गर्भाधानमा जोड दिइने लगाएतका छ्न ।