बौनिया, कैलाली । स्थानीय सरकार संचालनमा आएको करिब पाँच वर्ष पुग्नलाग्दा कैलालीको बर्दगोरिया गाउँपालिकामा केही जनप्रतिनिधिहरु बीच मनमुटाव र विवाद छताछुल्ल हुन थालेका छ्न ।
पछिल्लो समय यहाँका जनप्रतिनिधि बिचको आपसी विवादले सामाजिक संजालसमेत तात्न थालेको छ । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुमा देखिएको यस्तो तिक्तता ,विवाद आक्रोश र पीडाका भावहरु केहीदिन यता सामाजिक संजालमा देख्न र पढ्न पाइन्छ ।
कार्य संचालन, सेवाग्राहीको काम, कर्मचारी व्यवस्थापन तथा विकास निर्माणका सवालमा समेत विगत लामो समयदेखि नै यहाँका जनप्रतिनिधिहरु बीच शक्तिको लडाइ चलेको थियो तर अन्तिम चरणमा मात्रै जनप्रतिनिधि बीचका विवाद र मनमुटाव भने बाहिर आउनु आफैमा रहस्यमय मान्न सकिन्छ । योजना तथा विकास निर्माणका सवालमा मात्रै होइन, पालिकाभित्रका आन्तरिक कुरा तथा निर्णय समेत सामाजिक संजालमा छ्यापछ्यापि बन्न थालेका छ्न । तर सामान्य कुरालाई लियर पनि राजनीति मुद्दा बनाउने नेपाली प्रवृत्ति भने उचित होइन भन्ने धेरैको बुझाई पनि छ । आखिर कारण के रहेछ ? यो सार्बजनिक चासोको विषय भने पक्कै हो ।
केही हप्ताअघि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रन्जित चौधरीले सामाजिक संजाल फेसबुकमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले विकासको सबै जस आफुले मात्रै लिने गरेको, कम्युनिस्टले जितेर गरेको वडाको विकास नदेखेको तथा पालिकामा आफुखुशी निर्णय गर्ने गरेको भनी पोस्ट सार्वजनिक गरे ।
त्यसको केहीदिन पछि गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौराले समेत त्यस्तै प्रकारको पोस्ट सार्बजनिक गरिन, जसमा पालिका अध्यक्ष थारुले एकलौटी पालिकाको निर्णय गरेको, आफुले जनताको लागि उठाएका कुरा सुनुवाइ कहिल्य नगरेको भनी आरोप समेत लगाईन । यतिमात्र होइन, उपाध्यक्ष डगौराले पालिका अध्यक्ष थारुले आफुमाथि अन्याय र अपमानजनक व्यवहार गरेको आरोप छ ।
केही दिनअघि बसेको पालिकाको बैठकमा अध्यक्षले आफुलाई निम्नस्तरको व्यवहार गरेको उपाध्यक्षको गुनासो छ । उपाध्यक्षले आफुलाई शिक्षा समितिबाट बाइपास गरिएको, पालिकाको बैठकमा निर्णय नहुदै हस्ताक्षर गर्न लगाइएको र आफुले निर्णय पश्चातमात्रै हस्ताक्षर गर्ने बताएपछि अध्यक्षले हस्ताक्षर गर्ने भए गर,नत्र निस्केर जा भन्ने निम्नस्तरको भाषा प्रयोग गरेको उपाध्यक्षको गुनासो छ ।
उपाध्यक्ष थारुकाअनुसार पालिकाको बैठकमा समेत सवै एक हुने, जनताको माग उठाउदा सुनुवाई नहुने गरेको छ । बैठकमा आउछन् ,उपस्थिति जनाउछ्न ,निर्णय माइन्युट नहुदै सवै गैहाल्छ्न उनले भनीन- यो विगतदेखि कै परम्परा हो ।
जनताको विविध समस्या समाधानका लागि पालिकाको बैठक बस्छ,यो एक सदन नै हो, त्यहाँ जनताको आवाज उठाउदा सुनुवाइ नहुनु भनेको दु:खद कुरा हो । हामीले बिगत लामोसमय देखि यी समस्या झेल्दै आएका हौ,अब त अति नै हुन लाग्यो । हामी अरुका मनोमानी निर्णयमा कतिदिन हस्ताक्षर गरिबस्ने ? पालिकाको बैठकमै निम्न स्तरको भाषा बोलिनु ,कतिसम्म जाएज हो? के म तिनीहरुको पार्टीको टिकट लियर जितेर आएको व्यक्ति हु ?
उपाध्यक्ष थारुकाअनुसार पालिकामा उपस्थित हुने प्राय जसै प्रतिनिधि केवल अनुहार देखाउन मात्रै बैठकमा आउछ्न, हाजिर लगाउछ्न निर्णय पूरा नहुदै जाने गर्छ्न यो शिलसिला विगत ४ बर्षदेखिकै निरंतरता हो ।
यता यसैबारेमा पालिका अध्यक्ष बलिराम डगौरा थारु भने आफू सिङ्गो पालिकाको अभिभावक भएको हुँदा सबै आफ्नो लागि समान रहेको बताउछ्न । पालिकाको नियमित काम कारबाही र व्यवस्थापनको रेखदेख ,निगरानी आफ्नो जिम्मेवारी भएको हुँदा काम कारबाही के कति भयो त्यो बुझ्नु र मुल्यांकन गर्नु आफ्नो दायित्व भएको बताउछ्न ।
म सिङ्गो बर्दगोरियाबासीको अभिभावक हु, मैले अहिलेसम्म कोही कसैलाई पनि यो पार्टी त्यो पार्टी भनी हेर्ने गरेको छैन, सबैलाई समान व्यवहार गरेको छु । मेरो स्वभाव भनेकै चर्को र प्वाक्कै बोल्छु यसैमा केही साथिको मन दुखेको हुनसक्छ । मैले पालिकाको कुनै पनि काम कारबाही पार्टी र शक्तिको दुरुपयोग गरि गरेको छैन । उनले भने – हामी जनताको प्रतिनिधि हौ, सबैले आ-आफ्नो जिम्मेवारी निभाउने हो । स-साना कुरालाई इस्सु बनाउने र एक अर्काको आलोचना गर्ने परिपाटी राम्रो होइन, जनताको अगाडि काम गरि देखाउनुपर्छ । अहिलेसम्म जनताको विकासका लागि कसले कति काम गरेको छ,त्यो सबै आम जनताले बुझेका छ्न र मुल्यांकन गरेका छ्न ।