बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । पालिकाको स्वास्थ्य शाखाकाअनुसार यहाँका ६ वटै वडामा रहेका स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने छ्न ।
यसभन्दा अघि सरकारले देशभरका बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।
यसपटक पालिका मातहतका ६ वटै वडामा रहेका १३ सय १३ जना बालबालिकालाई भिटामिन ए र ६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी युजिन कुस्मीले जानकारी दिए । उनले यही कार्तिक ७ र ८ गते सरकारले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम गरेको हुँदा आफ्ना बालबालिकालाई सम्बन्धित वडाका स्वयंसेविका मार्फत भिटामिन ‘ए’ खुवाउन समेत आग्रह गरे ।
उनका अनुसार बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने गरिन्छ भने बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ ।