कैलाली । आइतबारदेखिको लागातारको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरानजिक पुगेको छ । कर्णाली नदिमा पानीको बहाब बढेपछि इलाका प्रहरी कार्यालय चिसापानी,कैलालीले तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार राती ७ बजे कर्णाली नदि चिसापानी जलमापन केन्द्रमा पानीको सतहले चेतावनी तह १३.०० मीटर पार गरेको छ । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।
पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन स्थानीय प्रशासनले सूचना दिइएको छ । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेका छ्न । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ ।
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा पर्ने गर्छ्न ।