बौनिया,कैलाली । कैलालीको जानकी गाउँपालिकामा जंगलको टापुमा फसेका ३ जनाको हेलीकप्टरद्वारा उद्धार गरिएको छ । बुधबार जानकी गाँउपालीका वडा न. ९ पुर्वी खैरीफाँटा बस्ने ३६ बर्षका बिष्णु चौधरी,
५३ बर्षका प्रेम चौधरी र ३१ बर्षका राम दयाल चौधरीको नेपाली सेनाको टोलिले शकुशल उद्दार गरेको हो ।
यहि कार्तिक १ गते पालिकाको वडा नं.९ कालिका सामुदायिक वनको जंगलमा रहेको गौशालामा कर्णाली नदीबाट आएको पानीमा माछा मार्न भनि गएका उनीहरू तिनै जना जंगलको टापुमा फसेका थिए ।
उनीहरूको प्रहरी चौकी अमरावती कैलालीबाट खटी गएको प्रहरी टोली र तेघरी ब्यारेक कैलाली बाट उद्दारका लागि गएको नेपाली सेनाको टोलिले बुधबार ४८ घन्टापछि हेलीकप्टर मार्फत सकुशल उद्दार गरेको हो ।