बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा किशोरीहरु बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न र पार्नसक्ने असरका बारेमा सामाजिक सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका छ्न ।
पछिल्लो समय समुहमा आबद्ध भयर उनीहरूले बालविवाह रोकथाम, जातीय विभेद तथा छाउपडी प्रथाको अन्त्य र लैङ्िगक हिंसाको विरुद्धमा अभियाननै थालेका छ्न । यति मात्रै नभैइ उनीहरूले सामाजिक हिसाबले सार्बजनिक स्थानमा सरसफाइ अभियान समेत संचालन गर्दै आएका छ्न ।
सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, एकीकृत परिवर्तनशील किशोरी समूह बर्दगोरिया ४ कि संयोजक कंचन वि.क. भन्छिन – सानैमा विहे गरे शैक्षिक क्रियाकलापमा समेत सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।”यसका लागि हामी आफै जागरुक हुनुपर्छ र यसको सुरुवात हामी आफैबाट र आजैबाट सुरु गर्नुपर्छ भन्ने उदेश्यका साथ हामी यो अभियानमा लागेका हौ ।
बालविवाहले कार्यबोझ मात्रै होइन,मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले निकै कमजारे पार्नेहुदा यसप्रति घरपरिवार ,व्यक्ति स्वयं सजह हुन आवश्यक छ ,उनले भनिन – गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई हामीले बुझाउने पनि गरेका छौ ।
संगठित रुपमा अघि बढ्दा समाजमा जरा गाडेर बसेको बालविवाह, छाउपडी प्रथा, जातिय विभेद तथा लैङ्िगक हिंसा जस्तो कुरिती अन्त्य गर्न सकिने भन्दै स्थानीय किशोरी समुहवद्ध भएर अगाडि बढेको परिवर्तनशील किशोरी समुह बर्दगोरिया ३ कि संयोजक हेमु हमाल बताउछिन । उनी भन्छिन – समाजमा अहिले पनि बालविवाह, छाउपडी प्रथा र लैङ्िगक हिंसाले जरो गाडेर बसेको छ । हामी यसको न्यूनीकरणको अभियानमा जुटेका छौ, हाम्रो समाजमा अहिले पनि जनचेतनाको अभाव देखिन्छ ,यसैको उपज सामाजिक विकृति कायमै छ्न । यसको रोकथाम र नियन्त्रणका लागि हामीले अभियान थाल्दा थुप्रै समस्या र चुनौती खेप्नु परेको छ । बालविवाहलाई कानुनले निषेध गरे पनि अशिक्षा, अज्ञानता, गरीबी लगायतका कारणले समाजमा अझै बालविवाहले जरा गाडेको उनले बताइन्न । उनी भन्छिन ‘शिक्षाको पहुँच बढाउन जरुरी छ, यसका लागि सबैले हातेमालो गर्नपर्छ। उनका अनुसार समाज परिवर्तनका लागि आफुहरुले यी अभियान थाल्दा निकै डर धम्की र त्रास समेत खेप्नु परेको छ ।
सगरमाथा किशोरी समूह बर्दगोरिया ५ कि संयोजक अर्चना सुनार भन्छिन – बालविवाह रोकथाम अभियान प्रभावकारी बनाउन किशोरी वृत समुहमा छलफल हुने गरेको छ। उनी भन्छिन – हामी बेलाबेलामा समुहमा बसेर किशोरीहरू आपसमा अन्य समस्यासमेत हल गर्ने गरेका छौ । उनी भन्छिन- हामीहरु किशोरी वृतका सदस्य समुहमा मात्र होइन गाउँमा समेत बालविवाह रोकथामका लागि चेतना जगाउदै आएका छौ । किशोरी समुहमा आत्म जागरण, अधिकार र कर्तब्य, लैङ्गिक सामाजीक समाबेशिकरण, किशोरी अवस्था, राम्रो बानी, पोषण र सरसफाई, प्राथमीक उपचारका बारेमा समेत विषेश छलफल गरिदै आएको छ । यसका साथै विपद जोखीम र ब्यावस्थापन, खर्च र बचत, जीविको पार्जनको विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी, बाल विवाह आदीको विषयमा किशोरीहरु र अभिभावकहरुलाई कार्यक्रम मार्फत सचेत गरादै आएको छ ।
बालविवाह तथा सामाजिक विकृति र कुरितीविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको सरोकारवाला निकाए बताउछ्न । बर्दगिरियामा किशोरी समूह गठन गरि उनीहरूको व्यक्तित्व विकास र सामाजिक अपराध जस्ता क्रियाकलाप न्यूनीकरणमा उत्प्रेरित गर्दै आएको दलित महिला अधिकार मंच कैलालीका अनुसार अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको छ । यसप्रति अझ किशोरीहरुलाई सशक्त पार्न विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मन्चकी जिल्ला अध्यक्ष साबित्रा घिमिरे बताउछ्न ।