बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ ।देशभरीका वडाहरु र पालिकाहरुमा अधिवेशन सम्पन्न भएको अवस्थामा बर्दगोरिया ५ मा पनि एमालेले आफ्नो वडा अधिवेशन सफलताका साथ सम्पन्न गरेको हो ।
शुक्रबार सम्पन्न वडा अधिवेशनले कृष्ण प्रसाद साउदको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा हरी प्रसाद कठरीया, सचिबमा कृष्ण प्रसाद ओझा, सह-सचिबमा ललिता थापा र दिपक रोकायलगाएत अन्य सदस्य रहेका छ्न ।
५ नम्बर वडा कमिटी अध्यक्ष कृष्ण साउदको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य द्वारिका धमलाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धमलाले पार्टी फुटाएर जानेको हैसियत अब आउने चुनावपछि आम नेपाली जनताले छर्लङ्ग देख्ने बताए । उनले देश र जनताको समृद्धिका लागि देशैभरी एमालेमा जनलहर छाउने दाविगर्दै आगामी निर्वाचनमा बर्दगोरिया गाउँपालिकामा समेत एमालेलाई १ नम्बरको पार्टी बनायर जिताउन सवैलाई अपिल पनि गरे ।
धमलाले माधव नेपाल पक्षलाई कटाक्ष गर्दै १५ बर्ष पार्टीको नेतृत्व गरेर बसेको व्यक्ति टुक्रे पार्टीको अध्यक्ष बनेर कुन हैसियत हासिल गरे जनताले बुझेको बताउदै देशमा केपी ओली नेतृत्वको सरकारले गरेको जनअपेक्षित काम, त्रिदेशिय व्यापार सम्झौता, देशको सार्वभौमिकता जोगाउन गरेको निर्णय, भारतले लगाएको नाकाबन्दी विरुद्ध लिएको अडान लगाएतका कामको कारण जनताको मनमा एमालेप्रतिको विश्वास अझ बढेर गएको बताए ।
उनले एमाले भित्र रहेका अराजक र अनुशासनहिन व्यक्तिहरु अहिले स्वार्थ पूरा गर्न पार्टी छोडेर गएको भन्दै अहिलेको सरकार स्वार्थले भरिएको गठबन्धन भएको बताए ।