बौनिया, कैलाली । नेकपा(एमाले)का केन्द्रीय सदस्य झपट रावलले जनताप्रति इमान्दारीताका साथ कामगर्न कार्यकर्तालाई निर्देशन दिएका छन । सोमबार एमाले बर्दगोरिया गाउँपालिकाको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै उनले जनताप्रति विश्वास घात गरेर राजनीतिक जिबन अगाडि बढ्न नसक्ने भन्दै जनतालाई ढाटेर राजनीतिक बेइमानी गरि फाइदा लिनु उपयुक्त नभएको बताए ।
प्रतिनिधि सभा सदस्य रावलले चुनावको समयमा जनताप्रति गरिएका बाचा र प्रतिबद्धताहरु आफुले के कतिसम्म पूरा गर्न सकेउ ? त्यसको समिक्षा गरि जनताको सेवामा खटिन आवश्यक रहेको बताए । उनले नेपाली जनतालाइ ढाटेर, छलकपट गरेर राजनीति गर्नेहरु सबभन्दा बेसी घाती हुने भएकाले यसप्रति सबै जनता सचेत हुन आवश्यक रहेको बताए । सयौ कार्यकर्ताको माझमा रावलले तपाइले चुनावमा अमुल्य मत दिएर जिताएका वडा सदस्य ,वडा अध्यक्ष तपाईंको माझ जादा मालिक बनेर आउछ्न या सेवक ? यसको हिसाबकिताब राख्न समेत निर्देशन दिए ।
रावलले जुन पार्टी जनताको हितमा काम गर्छ ,त्यही पार्टी नै जनताको पार्टी हुने भएकाले जनताको विकास र समृद्धिमा अहोरात्र खटिन आग्रह गरे । रावलले भने – जुन पार्टीले जनताको मर्म, पीडा र समस्या बुझ्दैन त्यो पार्टी जनताको पार्टी हुनै सक्दैन । त्यसैले जनताले सुम्पिएको अविभारा पूरा गर्नुपर्छ ।
केन्द्रिय सदस्य रावलले नेतृत्वका लागि हानाथाप गर्नेहरुले सहि तरिकाले जिम्मेवारी बहन गर्न नसके नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्ने बताए । नेतृत्वमा पुग्न चटके प्रवृत्तिको हानथाप गर्ने ,पार्टीको मिटिङ ,कार्यक्रममा कहिले सहभागी नहुने व्यक्तिबाट सही तरिकाले पार्टीको सुदृढीकरण र संगठन बिस्तार हुन नसक्ने भन्दै त्यस्ता व्यक्तिहरुलाई नेतृत्व दिन नहुने बताए । उनले नेतृत्व पङ्तिमा समाजमा पिछडिएका ,महिला ,जनजाति ,थारु समुदाय यी सवैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।