लम्की । नेकपा एमालेका केन्द्रिय सल्लाहकार तथा पुर्व मन्त्री भिम बहादुर कडायतले सधै सत्य र न्यायको पक्षमा वकालत गर्न कार्यकर्तालाई निर्देशन दिएका छ्न । सोमबार लम्कीमा भएको नेकपा एमालेको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।
कडायतले सर्बहारा ,श्रमजीवी जनताको हितमा नेकपा एमालेका अध्यक्ष केपी शर्माको नेतृत्व सरकारले काम गरेकोले जनता एमालेकै पक्षमा रहेको समेत दावी गरे । करिव डेढ दशक पार्टीको नेतृत्व गरेको पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रचण्ड र शेर बहादुर देउवाको इशारा लागेर आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेर जनता माथि अन्याय गरेको कडायतले बताए ।उनले अब सबै मिलेर विशाल नेकपा एमाले बनाउनु अहिलेको आवश्यकता भएको बताए ।
नगर कमिटीका अध्यक्ष तुला सिह थापाको सभापतित्व भएको कार्यक्रम नगर कमिटी सदस्य मीन बहादुर रावलको स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा बिशिस्ट अतिथी ,जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रतन थापा, प्रदेश कमिटी सदस्य महादेव बजगाइ ,प्रदेश कमिटी सदस्यहरु यज्ञ राज ढुंगाना ,नर बहादुर खडका,जिल्ला कमिटी सचिवालय सदस्य डेजि पान्डे,जिल्ला कमिटी सदस्यहरु कमला ओली दल बहादुर बिष्ट ,दल बहादुर रावल राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नेत्र प्रशाद भन्डारी,राज बहादुर शाही ,अनेरास्ववियुका केन्द्रीय सदस्य धर्म राज न्यौपाने र डम्बर खडका ,नेपाल दलित उत्पीडित समाजका प्रेमबहादुर भुल ,अखिल नेपाल महिला संघ कैलाली सचिव लक्ष्मी शाही, अखिल नेपाल किसान महा संघ का केन्द्रीय सदस्य जगदीश बिक ,नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश कमिटी सचिव खकेन्द्र धमाला लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रमको संचालन नगर सचीव नौराज बिष्टले गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरु नगर कमिटीको नेतृत्व सर्वसहमत बनाउनु पर्नेमा जोड दिएका थिए ।