काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।
यद्यपि हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक २१ गते (आइतबार)
दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्तिक २२ गते (सोमबार)
दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।
कार्तिक २३ गते (मंगलबार)
दिउँसो: देशको सुदुर पश्चिम प्रदेश तथा बाँकि प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।
राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाकाले अनुरोध गरेको छ ।