जोशीपुर । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छ्न । जिल्लाको जोशीपुर गाउँपालिका ५ सीमरानामा गएराति बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
रोकायालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको उनले बताए । घाइते हुनेमा मोटरसाईकल चालक अभिसेक चौधरी, मोटरसाईकलमा सवार २४ बर्षका प्रकाश चौधरी, र २० बर्षिय जिवन चौधरी रहेको बताइएको छ ।
तिब्र गतिका कारण मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताइएको छ।